images
images
  • रामेछाप बस दुर्घटना : १२ मध्ये ९ जना मृतकको खुल्यो पहिचान

    काठमाडौं- रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ ।

    मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।

    सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष र ५ महिला गरी १२ जनाको निधन भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

    सबै शवहरू मन्थली अस्पताल पुर्‍याइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।

    १) दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।

    २. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।

    ३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।

    ४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।

    ५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।

    ६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।

    ७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।

    ८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।

    ९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images