images
images
  • सुन–चाँदीको मूल्य बृद्धि (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो ।

    यो हालसम्मकै सर्वाधिक भाउ हो ।

    हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो ।

    शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।

    गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

    त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।

    शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो ।

    त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ ।

    आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।

    शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images