काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
प्रतिऔंस सुन पहिलो पटक ५ हजार डलर नाघेको छ ।
सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको भाउले यो वर्ष पनि उकालो यात्रालाई निरन्तरता दिएको हो ।
ग्रीनल्याण्डलाई लिएर अमेरिका र नेटोबीच बढेको तनाव, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीति, बढ्दो मुद्रास्फीति र कमजोर अमेरिकी डलरले विश्व बजारमा अनिश्चय बढाएको छ ।
यही अनिश्चयका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका हुन् ।
यसैबीच, केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनु र अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षाले पनि मूल्य उकासेको छ ।
युक्रेन र गाजाको युद्ध तथा अन्य भू–राजनीतिक तनावले सुनको माग थप बढाएको छ ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ इतिहास बनाएको छ ।
शुक्रबार चाँदी प्रतिऔंस १०० डलर नाघ्दै रेकर्ड कायम गरेको छ ।


विश्व खबर 



















