काठमाडौं– नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य फेरि बढ्दै नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो अघिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार चार सय रुपैयाँले बढी हो ।
यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँमा पुगेको थियो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार प्रतितोला छ हजार एक सय ९० रुपैयाँ रहेको चाँदी आइतबार छ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन अघिल्लो दिनको तुलनामा दुई सय ९० रुपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















