काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ ।
आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो ।
अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो ।
कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।
१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो ।
बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे ।
फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।
विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
१० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।
एक्सल डेभलपमेन्ट बैंकको ९.८७, रावा इनर्जीको ९, झापा इनर्जीको ८.४७ तथा बन्दीपुर केबुलकारको ८.२९ प्रतिशत मूल्य बढ्यो ।
कालिका पावरको सबैभन्दा धेरै ६.२५ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन् ।


विश्व खबर 



















