images
images
  • सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– सोमबार सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो, जुन रेकर्ड सोमबार तोडिएको हो ।

    चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ ।

    अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

    यसअघि चाँदीको मूल्य गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्च रेकर्डमा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images