images
images
  • सुनको मूल्यग्राफ उकालो चढेको चढ्यै, चाँदीको ओरालो झर्‍यो (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ ।

    चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images