images
images
  • सुनचाँदीको मूल्यग्राफ आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल पाँच हजार ६४५ कायम भएको छ ।

    बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो ।

    बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार भएको थियो ।

    मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

    गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images