images
images
  • सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images