images
images
  • नेपालका यी तीन स्थानमा आज र भोलि टी-२० विश्वकपको ट्रफी प्रदर्शनी हुने

    काठमाडौं- आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। पुस २१ गते आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्तरुपमा ट्रफी प्रदर्शनी गरेका थिए।

    क्यानका अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुनेछ।

    पुस २२
    बिहान ८:००-१२:०० बजेः
    पोखरामा विश्वकप ट्रफीको फोटो सुट तथा स्थानीयसँग कार्यक्रम
    दिउँसो ४:००-६:०० बजे
    बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शनी कार्यक्रम

    पुस २३
    दिउँसो २:०० देखि ३ बजे:
    बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शनी कार्यक्रम

    प्रतिक्रिया दिनुहोस्
    images
    images