images
images
  • मादुरोलाई पक्राउ गरेपछि ट्रम्पले दिए अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई धम्की

     काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकोलस मादुरोलाई ‘पक्राउ’ गरेपछि अब भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वन विमानमा रहेका बेला ट्रम्पले भेनेजुएलासम्बन्धी पत्रकारका प्रश्नहरूको जवाफ दिएका थिए।

    सत्ता परिवर्तन र ‘नेसन बिल्डिङ’ का विरोधमा उनले यसअघि दिएका बयानबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘यो हाम्रो क्षेत्रभित्र पर्छ, डोनरो डक्ट्रिनअन्तर्गत।’ उनले भने, ‘हाम्रो काम भनेको हाम्रो वरपरका देशहरू स्थिर र सफल छन् भन्ने सुनिश्चित गर्नु हो, ताकि त्यहाँबाट तेल बिना रोकटोक बाहिर जान सकोस्।’

    ट्रम्पले अमेरिकाले भेनेजुएलालाई ‘फेरि सही बाटोमा ल्याउनुपर्ने’ बताए। उनले भेनेजुएलालाई ‘मरेको’ देशसमेत भने।उनले थपे, ‘भेनेजुएलाको पूर्वाधार पुनःनिर्माण गर्न तेल कम्पनीहरूले ठूलो लगानी गर्नुपर्नेछ।’

    यद्यपि पछि ट्रम्पले अमेरिका स्वयंले कुनै पनि लगानी नगर्ने बताए। उनले भने, अमेरिका देशको र त्यहाँका जनताको ख्याल राख्नेछ—जसमा बाध्य भएर देश छाडेर अमेरिकामा बसिरहेका भेनेजुएलालीहरू पनि पर्छन्।

    यस क्रममा एक पत्रकारले सोधे—के भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज अब देशको नेतृत्व गर्नेछिन्?यसमा ट्रम्पले भने, उनकी टोली रोड्रिगेजसँग सम्पर्कमा छ। तर यदि उनले अमेरिकाको कुरा मानेनन् भने, उनको हालत पनि मादुरोजस्तै हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images