काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार ६ सय रूपैयाँ बढेको हो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ बढेको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















