images
images
  • गोन्जालो गार्सियाको ह्‍याट्रिकमा रियल मड्रिडको फराकिलो जित

    काठमाडौं- स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५-१ गोलअन्तरले हराएको हो ।

    रियलको जितमा गोन्जालो गार्सियाले ह्‍याट्रिक गरे भने राउल एसेन्सियो र फ्रान गार्सियाले एक-एक गोल गरे । बेटिसका चुचो हर्नान्डेजले गरेको गोल सान्त्वना बन्यो ।

    खेलको २०औं मिनेटमा गोन्जालोले गोल गरेका थिए । दोस्रो हाफको ५०औं मिनेटमा गोन्जालोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर पारे ।

    ५६औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-० ले अगाडि राखे । ६६औं मिनेटमा चुचोले गोल गर्दै गोलअन्तर घटाए ।

    ८२औं मिनेटमा गोन्जालोले ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा फ्रानले गोल गरेपछि रियल ५-१ ले विजयी भयो ।

    जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकदूरी घटाएको छ । रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोनाको ४९ अंक छ ।

    पराजित बेटिस २८ अंकसहित छैटौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images