काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सलोनाले जित हासिल गर्दै अग्रता बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले इस्पान्योललाई २-० ले हराएको हो ।
बार्सिलोनाको जितमा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । ओल्मोले ८६औं तथा लेवान्डोस्कीले ९०औं मिनेटमा गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले २० खेलमा ४९ अंक जोडेको छ । एक खेल कम खेल्दा ४२ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।
पराजित इस्पान्योल ३३ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















