काठमाडौं– नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० कायम भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेर तोलामा ४ हजार ४७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य ४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















