images
images
  • एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

    काठमाडौं– सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २ सय ३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images