images
images
  • एकैदिन तोलमा दुई हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ घटेको हो । बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यअघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images