images
images
  • घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images