images
images
  • एनपीएल : आज फाइनल प्रवेशका लागि विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंसिर २५ गते बिहीवार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर मैदानमा दिउसो ४ बजे फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल हँदैछ । दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

    लिग चरणमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भइको विराटनगर आज त्यसको बदला सहित फाइनलमा स्थान बनाउन इच्छ्क छ । यता गत सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी पनि उपाधि जित्ने अक्ष्यमा महत्वपूर्ण जित खोज्दै मैदानमा उत्रिने तयारीमा छ ।

    हिजो बुधवार भएकोा एलिमिनेटर खेलमा काठमाण्डु गुर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको छ । सुदूररपश्चिमले भने विराटनगरलाई पहिलो क्वालिफायरमा ७७ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

    आजको विजेता शनिवार हुने फाइनलमा उपाधिका लागि सुदूररपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images