images
images
  • एनपीएल : एलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्दै

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत आज मंसिर २४ गते बुधबार हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ।

    काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्। यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

    पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।

    आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। त्यसैले आजको खेल काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन्। लिग चरणमा भएको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो।

    पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो। तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images