images
images
  • एनपीएल : लिग चरणको अन्तिम खेल, कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

    त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

    ६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images