images
images
  • एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं– त्रिभुवन विश्वविधालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रवार मंसिर १९ गते दिउसो ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

    ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफ होडबाट बाहिरिने छन् ।

    जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र जोडेको छ । २ खेल बाँकी नै रहेकाले जनकपुरको पनि प्लेअफ पुग्ने सम्भावना भने जीवितै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images