काठमाडौं– भिम सार्की र बेन चाल्सवर्थको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो ।
काठमान्डुका लागि भिम र चाल्सवर्थले अर्धशत पूरा गरे । चाल्सवर्थले ६४ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका चाल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका लागि भिम सार्कीले ५५ रनको अर्धशतकीय पारी खेले । २२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै काठमान्डुका लागि मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै १६ रन खर्चे । त्यस्तै कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए ।


विश्व खबर 



















