images
images
  • एनपीएल : पोखराविरुद्ध काठमाडौंको मध्यम सुरुवात

    काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिडिरहेका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गरिरहेको छ।

    १० औँ ओभरको २ बल बाँकी रहँदा काठमाडौंले ३ विकेटको क्षतिमा मात्रै ५४ रन बनाएको छ।

    काठमाडौंका लागि आकाश त्रिपाठी पहिलो बलमै आउट भए। रशिद खानले १२ बलमा ७ रन बनाउँदा मिलिन्द कुमार १४ बलमा १३ रन बनाएर आउट भए। पोखराका धनन्जय लक्शानले २ विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पारे।

    काठमाडौंको यो लिगचरणको अन्तिम खेल हो। पोखरा छैठौँ खेल खेल्दैछ।  पोखराले जिते दुवै टोलीको संभावना कायम रहनेछ। आजको खेल जिते काठमाडौंको प्लेअफ सुनिश्चित हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images