images
images
  • एनपीएल : आज कर्णांली र काठमाडौँ भिड्दै

    काठमाडौँ – त्रिभुवन विश्वविधालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियम लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गुखार्ज भिड्ने भएका छन् । खेल दिउसो ३:३० बजे हुनेछ ।

    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगीता सहभागी कर्णाली याक्सले एउटा खेलमात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा रहेको छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नै पर्ने बाध्यता छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images