images
images
  • एनपीएल : काठमान्डुले दियो चितवनलाई १४३ रनको लक्ष्य

    काठमाडौँ जोन सिम्पसनको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टीट्वान्टी क्रिकेटमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो ।

    काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् । त्यस्तै मिलिन्द कुमारले ४३ बालमा ५ चौकाको सहयोगमा ३८ रन बनाए ।

    काठमान्डुका वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ चितवनका लागि सोहिल तनविरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चे ।

    त्यस्तै रन्जितकुमार र कमल सिंह ऐरीले दुईदुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images