काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) दास्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुने भएको छ ।
पहिलो खेलमा दिउँसो ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्र ४ वजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुने भएको छ ।
चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अंक मात्र हात पारेको छ ।
तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नै पर्ने हुन्छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलमा ६ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















