काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल्ने भएका छन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा उत्कुष्ट फर्ममा रहेको विराटनगर लगातर तीन खेलमा विजय हासिल गर्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा हुन सफल भएको छ । समान अंक भए पनि नेट रनरेटका कारण सुदूरपश्चिम शीर्ष स्थानमा छ । आजको खेलमार्फत विराटनगरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
यस्तै, चितवन राईजोजका लागि आजको खेल महत्वपूर्ण छ । दुईमध्ये एक खेलमा मात्र जित हासिल गरेको चितवन दोस्रो जीतको खोजीमा रहेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको राईनोजले आज सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा आउने छ ।
दुबै टोलीका लागि अंकतालिकामा उक्लिने अवसर आजको खेलसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















