images
images
  • एनपीएल : आज दुई खेल हुने

    काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज पूर्वका दुई टिम – विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम – कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

    पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

    यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।

    यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

    पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images