काठमाडौं– अमेरिकाले डिपोर्ट गरेका थप ३५ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। चार्टर्ड विमानमार्फत् उनीहरूलाई अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको हो।
अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका थिए। जसअनुसार उनले अवैध रूपमा अमेरिका रहेका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे।
काठमाडौं आइपुगेपछि ती ३५ जनालाई अध्यागमन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो। ब्युरोले प्राथमिक सोधपुछ गरी सबैलाई छाडिएको प्रहरीले जनाएको छ।
ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्।
प्रतिक्रिया दिनुहोस्























