images
images
  • कान्ति बाल अस्पतालमा करारमा ४२ कर्मचारी माग

    काठमाडौँ- कान्ति बाल अस्पतालले करारमा ४२ कर्मचारी माग गरेको छ। बिहीबार सूचना जारी गर्दै अस्पतालले पाँचौं तहदेखि आठौं तहसम्मका विभिन्न पदमा ४२ जना कर्मचारी करारमा माग गरेको हो।

    सूचना अनुसार आठौं तहको मेडिकल अधिकृतका लागि २४ जना र आठौं तहकै वायोमेडिकल इन्जिनियतर्फ एक जना माग गरिएको छ। पाँचौं तहको स्टाफ नर्समा १७ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन माग गरिएको छ।

    यी सबै पदका लागि न्यूनतम योग्यता सम्बन्धित सेवा, समूह, उपसमूह र पदका लागि नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १५ को उपनियम १ बमोजिम खुला प्रतियोगिताका लागि तोकिए बमोजिमको योग्यता पूरा गरेको हुनुपर्ने उल्लेख छ।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि १८ गतेसम्म फाराम बुझाउन सक्नेछन। परीक्षा दस्तुर आठौं तहका लागि १ हजार २०० र स्टाफ नर्सका लागि ७०० रूपैयाँ तोकिएको छ।

    हेर्नुहोस् सूचना

    teaching hospital kanti

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images