काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नी पत्नी रविलक्ष्मी चित्रकारमाथि भएको हमलाप्रति सरकारको उदासीन व्यवहारप्रति कडा असन्तुष्टि जनाएका छन् ।
जेन्जी आन्दोलनका क्रममा खनालको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो ।
चार दशकसम्म फिजिक्स प्राध्यापनमा सक्रिय रहेकी चित्रकार अहिले गम्भीर घाइते अवस्थामा उपचाररत छन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले सरकारका तर्फबाट अहिलेसम्म कुनै चासो नदेखिएकोमा आपत्ति जनाए ।
उनले यो विषय व्यक्तिगत मात्र नभई मूल्य र योगदानको बेवास्तासँग जोडिएको बताएका छन् ।
खनालका अनुसार आगजनीपछि घर र सम्पत्ति पूरै जलेर खरानी भएको छ ।
‘७० रोपनीमध्ये ५५ रोपनी जमीन मैले नै सरकारलाई दिएको थिएँ, अहिले त्यसैमा इलामको सिटिइभिटी कार्यालय छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्






















