काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ ।
गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले मन्त्रालयमै आयोजित कार्यक्रममा लामो सम्बोधन गर्दै नेपाल प्रहरीलाई सुदृढ र पेशागत बनाउने प्रतिबद्धता जनाए ।
आईजीपी कार्कीले भने, ‘नेपाल प्रहरीमा पारदर्शिता र जवाफदेहिता ग्रहण गर्छु । नागरिक सुरक्षामा प्रतिबद्ध भएर लाग्छु । सदैव साथ मिलिरहने विश्वास लिएको छु ।’
उनले देशको अवस्था असाधारण भएकाले सुशासन कायम गर्ने र निकट भविष्यमा निर्वाचन सम्पन्न गराउने अभिभारा प्रहरीको ठूलो जिम्मेवारी हो ।
प्रतिक्रिया दिनुहोस्






















