images
images
  • पत्रकार सम्मेलन गर्दै जनार्दन शर्मा

    काठमाडौं– जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ ।

    दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागिएको अभियानका नेता ओम शर्माले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा अभियानका नेताहरूले सम्बोधन सहित आगामी योजना सार्वजनिक गर्ने बताइएको छ ।

    कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर शर्माले अभियानको घोषणा गरेका थिए ।

    उक्त अभियानमा तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका नेताहरू सहभागी छन् ।

    बुधबार मात्रै केन्द्रीय सदस्यद्वय ओम शर्मा र लक्ष्मण पन्तलगायतका नेताहरूले पनि अभियानमै आबद्ध रहने घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images