तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमि (दुई लेन) कालोपत्र सम्पन्न भएको छ ।
यो खण्ड कुल ३८ किलोमिटर लामो हो ।
हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।
उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार, हालसम्म यो सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत छ ।
वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ ।
उनले भनिन्, “२९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।”
चालु आवमा १४ किमि कालोपत्र कार्य भएको छ ।
सोही अवधिमा दुई कल्भर्ट निर्माण गरिएको छ ।
पश्चिम खण्डका १२ मध्ये ११ पुल र १०५ कल्भर्ट पनि निर्माण गरिएको छ ।
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेनको सडक बनाइनेछ ।
अन्यत्र चार लेनको सडक बनाइनेछ ।
आयोजनाका अनुसार, पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेनको सडक हुनेछ । –रासस
प्रतिक्रिया दिनुहोस्






















