images
images
  • सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

    काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ ।

    आर्थिक वर्ष ०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्दै स्टार एजेन्सी मिट सुदूरपश्चिम प्रदेश र नेपालगञ्जमा सम्पन्न गरेको हो ।

    सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहामध्ये प्रथम बिमा शुल्क संकलन, बिमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट तीन भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरेको जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो ।

    सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए ।

    नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए ।

    दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका थिए, जहाँ अभिकर्ताहरूले नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेका थिए ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले सात सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए ।

    साथै, सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्त्वपूर्ण रहेको बताएका थिए, उनले भने, “यो सेवा गर्ने पेसा हो । सुखदुःखमा साथ दिने पेसा हो, त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ ।”

    प्रतिक्रिया दिनुहोस्

    images