images
images
  • ओली हावा कुरा गर्छन् : प्रचण्ड

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) छाडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

    बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता आफूहरूको पार्टीमा आउने बताएका हुन् ।

    उनले नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा घटक समाहित भइसकेको पनि बताए ।

    “१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,” उनले भने ।

    गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न घटक रहेको नेपाली कन्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।– न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images