images
images
  • नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

    कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

    आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।

    योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ ।

    यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।

    आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ ।

    नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images