images
images
  • हर्कलाई प्रहरीले गर्‍यो पक्राउ

    काठमाडौं– सय केजी सुनकाण्डमा कैद सजाय पाएका र जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर, अरुण गाउँपालिका– ४ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ– ४ पासीकोट बस्ने ५१ वर्षीय हर्कराज राईलाई पक्राउ गरेको हो ।

    उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेका थिए ।

    संगठित अपराध, सुन भन्सार चोरी पैठारी तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा उनी कैद सजाय भुक्तान गरिहेका थिए ।

    उनी वहुचर्चित १०० केजी सुन प्रकरणमा संलग्न थिए ।

    उनलाई केन्द्रीय कारागारमै बुझाइएका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images