काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटकको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन् ।
केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागको अन्तरसंवाद कार्यक्रममा ओलीले भने, “यसपालि म एकतर्फी रूपमा सम्बोधन गर्छु, छलफल हुँदैन । भ्यायौं भने पाँच–सात दिन लाग्छ, त्यो सम्भव छैन ।”
उनका अनुसार अहिलेको प्रमुख कार्य विघटित प्रतिनिधिसभा पुनर्स्थापना हो, नीति निर्माण र कार्यान्वयन त्यसपछि हुने छ ।
ओलीले नेतृत्व चयन र पुनर्गठनका माग गर्दै केही नेताले ‘उपद्रव मच्चाएकाले’ महाधिवेशन एक वर्षअगाडि सारेको बताए ।
“काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ,” उनले भने, “कार्यकर्ताले नै मूल्यांकन गर्छन्, को अड्या, को लड्या, को काममा अग्रसर ।”
प्रतिक्रिया दिनुहोस्























