images
images
  • सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक

    काठमाडौं– सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (finPOS Mini) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ ।

    यस डिभाइसले भिसा (Visa), मास्टरकार्ड (Mastercard), युपिआइ (UPI), र नेपालपे (NepalPay) लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर (NepalPay QR), फोनपे (Fonepay) र स्मार्टक्युआर (SmartQR) जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ ।

    साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ ।

    यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ ।

    कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक (Global IME Bank), माछापुच्छ्रे बैंक (Machhapuchhre Bank), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (Nepal Investment Mega Bank) र सिद्धार्थ बैंक (Siddhartha Bank) ले Letter of Intent (LOI) हस्ताक्षर गरी फिनपस मिनी लाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे ।

    सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा POS सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ ।

    फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ ।

    सिटीटेकका प्रमुख कार्यकारी आधिकृत श्री सजन शर्माले भन्नूभयो, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images