images
images
  • आइसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

    काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

    पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्‍यो ।

    १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै समेटियो ।

    कुवेतका क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

    ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको उत्कृष्ट पारी खेले। गुल्सन झाले ६ बलमा २० रन जोडे ।

    अन्य ब्याट्सम्यानहरूमा कप्तान रोहित पौडेल १६, दीपेन्द्रसिंह ऐरी १९, आसिफ शेख २, कुशल मल्ल ४ र सन्दीप जोरा ५ रनमा आउट भए ।

    कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २–२ विकेट लिएका थिए ।

    नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images