काठमाडौं– मलेसियाको महिला राष्ट्रिय क्रिकेट टोलीसँग पाँच खेलको टी(२० सिरिज खेलिरहेको नेपालले तेस्रो खेलमा पराजय भोगेको छ ।
आइतबार क्वालालम्पुरमा भएको खेलमा नेपाललाई घरेलु टोलीले १३ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो ।
उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।
बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २(२ विकेट लिए ।
१२१ रनको लक्ष्य पछ्याएको नेपाल ८ विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।
नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन जोडे ।
कविता कुँवरले १५ रन बनाउँदा कप्तान इन्दू बर्माले नटआउट २२ रन बनाइन् ।
अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यो जितसँगै मलेसियाले सिरिजमा २(१ को अग्रता लिएको छ ।
यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा नेपाल विजयी भएका थिए ।
अब चौथो खेल मंगलबार हुनेछ ।


विश्व खबर 


















