images
images
  • वेस्ट इन्डिजलाई हराउँदा नेपालको कीर्तिमानी जित

    काठमाडौं- नेपाली क्रिकेटले सोमबार ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई)स्थित सारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

    १७४ रनको लक्ष्य पछ्याउँदै क्रिजमा उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो ।

    यो पुरुष टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि आईसीसी पूर्ण सदस्य टोलीले एसोसिएट राष्ट्रविरुद्ध बनाएको सबैभन्दा न्यून स्कोर हो ।

    यसअघि सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्ड ८८ रनमै समेटिएको थियो ।

    त्यस्तै, नेपालले दर्ता गरेको ९० रनको जित एसोसिएट राष्ट्रले पूर्ण सदस्यमाथि हासिल गरेको सबैभन्दा ठूलो अन्तरको विजय (रन अन्तरमा) बनेको छ.।

    यसअघि सन् २०१६ मा अफगानिस्तानले जिम्बाब्वेलाई ८१ रनले हराएको थियो ।

    यो ऐतिहासिक जितसँगै नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध टी–२० आई श्रृंखला पनि जितेको छ। पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images