images
images
  • नेपाली महिला फुटबल स्ट्राइकर ‘साम्बा’ नयाँ यात्राको सुरुवात भन्दै उडिन् न्युजिल्यान्ड

    काठमाडौं– नेपाली महिला फुटबलकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ नयाँ यात्रा सुरु गर्न न्युजिल्यान्ड प्रस्थान गरेकी छिन् ।

    सिजन २०२५–२६ का लागि उनले वेलिङटन फोनिक्स मा आवद्ध हुँदै क्लबको प्रिसिजन क्याम्पमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

    फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियामै आधारित ए–लिग वुमन खेल्ने गर्छ ।

    आगामी अक्टोबर ३१ बाट सुरु हुने लिगमा १२ मध्ये ११ टोली अस्ट्रेलियाका हुनेछन् ।

    साम्बाले प्रस्थानअघि भनिन्, ‘नयाँ यात्राको सुरुवात। नेपाली समर्थकको आशीर्वादका साथ वेलिङटन फोनिक्सबाट खेल्न पाउँदा उत्साहित छु ।’

    यसअघि उनले फ्रान्सको शीर्ष लिग क्लब गुइनगाम्प बाट दुई सिजन खेलेकी थिइन् ।

    त्यसअघि उनले इसराइलको हापोइल रा’नानामा खेल्दै युरोपियन लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

    भारतमा भने उनले गोकुलम केरलासहित तीन सिजन उपाधि जित्दै २४ खेलमा ६० गोल गर्ने कीर्तिमान बनाएकी थिइन् ।

    २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी साम्बाले अहिलेसम्म ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् ।

    घरेलु लिगमा उनी एपिएफबाट खेल्दै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images