images
images
  • कालिकोटमा जिप दुर्घटना , एकको मृत्यु, चार घाइते

    सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।

    दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।

    प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images