images
images
  • चेक अनादर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरी आज एन्टिजेन परीक्षणपछि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ।

    वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेत धारपानीका ३२ वर्षीया पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

    सुर्खेत जिल्ला अदालतको विसं २०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अदालतको फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाइएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images