images
images
  • भुटानको पोस्टमा नेपालको गोल वर्षा, दुई खेलाडीको ह्याट्रिक

    बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ।

    शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो।

    नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

    जारी प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

    प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।

    खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ। ‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

    आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

    नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।

    घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ।

    सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images