
काठमाडौँ : काठमाडौँबाट ताप्लेजुङ पुगेको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान ताप्लेजुङ पगेको नेपाल वायु सेवा निगमको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको हो।
हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए। बिहान काठमाडौँबाट जहाज उड्ने वेलामा मौसम राम्रै भएको पनि ल्याण्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले अवतरण हुन नसकेको उनले बताए।
काठमाडौँबाट चार यात्रु लिएर जहाज उडेको थियो। उनीहरू सदरमुकामसम्म आइपुगेर पनि जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँमै ओर्लिएका छन्।
ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात यात्रु प्रतीक्षामा बसेका थिए। जहाज अवतरण नभएपछि निरास हुँदै घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस्