images
images
  • दुवै हातमा लड्डु थाप्दै आएका हवल्दार दीपेन्द्र ऐरीद्वारा पदबाट राजीनामा, अब कमाउने भाडो क्रिकेट मात्रै

    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन् ।

    प्रहरीमा सहायक हवल्दारका रूपमा कार्यरत ऐरीको राजीनामा हालै औपचारिक रूपमा स्वीकृत भएको हो ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएको पुष्टि गरेका छन् । उनका अनुसार ऐरीले केही महिनाअघि नै राजीनामा पेश गरेका थिए भने त्यसलाई केही दिनअघि मात्रै स्वीकृति दिइएको हो ।

    राजीनामा पत्रमा ऐरीले व्यक्तिगत तथा घरायसी कारण उल्लेख गर्दै प्रहरी सेवा त्याग्ने निर्णय गरेका छन् । यद्यपि प्रहरी संगठन वा ऐरीले यसबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।

    सन् २०१७ देखि नेपाल प्रहरीमा कार्यरत ऐरीले हालसम्मको क्रिकेट यात्रा प्रहरी सेवा सँगसँगै अघि बढाउँदै आएका थिए । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय खेल तालिका व्यस्त बन्दै जाँदा उनीमाथि आएको दबाबका कारण ऐरीले पूर्ण रूपमा क्रिकेटमा ध्यान केन्द्रित गर्न प्रहरी सेवाबाट बाहिरिने निर्णय गरेको अनुमान गरिएको छ ।

    ऐरी अहिले नेपाली राष्ट्रिय टोलीका स्थायी सदस्य मात्र होइन । उपकप्तानको भूमिकामा समेत क्रियाशील छन् । हालै सम्पन्न विश्वकप खेलहरूमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।

    प्रहरी सेवाबाट अलग भए पनि ऐरीको क्रिकेट यात्रा अझ निखारिँदै जाने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images